कास्की अदालतले छाडे पनि पक्राउ गरिन सक्छन् रवि लामिछाने, बाक्लो संख्यामा प्रहरी परिचालन
काठमाडौं– जिल्ला अदालत कास्कीमा थुनछेक बहस सकिएपछि अब आदेशको पर्खाइमा छन् सहकारी पीडित, यस प्रकरणमा रकम अपचलनको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेलगायत।
बाहिर बसेर नै मुद्दा लड्न दिनका लागि लामिछानेले अन्तिम पटक माग गरेपछि बिहीबार थुनछेक बहस सकिएको थियो। जिल्ला न्यायाधीश नितिज राई आदेशको तयारीमा रहेका छन्।
अदालत भित्र र बाहिर रास्वपा नेता कार्यकर्ताको चहलपहल छ। प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ।
आदेशमा लामिछानेलाई साधारण तारेख, धरौटीमा छाडे पनि उनलाई प्रहरीले फेरि पक्राउ गर्न सक्छ। कास्की बाहेक सहकारी ठगी प्रकरणमा उनीविरुद्ध रुपन्देही, चितवन, पर्सा र काठमाडौंमा पनि जाहेरी दर्ता छ।
खासगरी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रहरीले पुनः पक्राउ गर्न सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १५:१३
प्रतिक्रिया दिनुहोस्