Nic Ad Nic Ad
Nic Ad Nic Ad

छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

बिहीबार, पुस २५, २०८१

काठमाडौँ - सूर्य दर्शन सहकारी ठगी मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्य दर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्