Nic Ad Nic Ad
Nic Ad Nic Ad

१ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

बिहीबार, पुस २५, २०८१

 काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्रै बैंक खाता खोल्ने निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले १ माघ २०८१ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ,’ निर्देशनमा भनिएको छ ।

ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम ३ बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न सक्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्