Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर तीन जना छुटे

बिहीबार, पुस २५, २०८१

काठमाडौं- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीन जना धरौटी बुझाएर छुटेका छन् ।

आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि कृष्ण गुरुङ, पूर्व सांसद मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।

यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्