Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँमा आफैं जाने सर्तमा धरौटी तिरदैर्छन् रवि लामिछाने

बिहीबार, पुस २५, २०८१

काठमाडौं - कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज छाड्ने भएको छ ।

कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

‘काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं ।’

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

रास्वपा कोषाध्यक्ष दीपक बोहराले पनि सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए । प्रहरीले केहीबेरमा रविको स्वास्थ्य परीक्षण गरेर पार्टीको जिम्मा लगाउँदैछ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्