८४ दिन हिरासतमा बसेपछि धरौटीमा छुटे रवि लामिछाने
काठमाडौ - सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुटेका छन्।
अदालतले ६५ लाख धरौटी माग गरेकोमा उनले बैंक जमानत बुझाएर छुटेका हुन्। उनी २ कात्तिकमा पक्राउ परेकोमा अनुसन्धानका लागि प्रहरीले ८४ दिन थुनामा राखेको हो।
उनीविरुद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको मुद्दा दायर छ। त्यस्तै चितवन, कास्की र पर्सामा पनि मुद्दा दायरको तयारी भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ २१:१२
प्रतिक्रिया दिनुहोस्