कोलुबुङ रमिते गौडा झोलुंगे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
झापा = बुद्धशान्ति गाउँपालिका-६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुंगे पुल’ बनेको छ ।
बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । संघीय सरकारको रु. पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।
पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज शुभारम्भ गदै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ ०७:११
प्रतिक्रिया दिनुहोस्