Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज संसदका पाँच समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

शुक्रबार, पुस २६, २०८१

काठमाडौँ - आज संघीय संसदका पाँच समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ११ बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको संविधानको धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछी पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्