Nic Ad Nic Ad
Nic Ad Nic Ad
त्यो बेला

९०को दशकमा चलेर त्यसै बिलाएकी नेपाली हिरोइन, जसको वास्तविक नामबारे कमै जानकार छन्

शुक्रबार, पुस २६, २०८१

काठमाडौं– दीपक रायमाझीको निर्देशन रहेको फिल्म भाग्यरेखामा अनुबन्धन हुँदा अविवाहित हिरोइन् कृष्टि केसी अहिले अमेरिकामा छिन्। 

९० को दशकमा अभिनेता राजेश हमालसँग ठूलो पर्दामा जोडी बनेर चर्चा कमाएकी उनको पहिलो फिल्म ‘भाग्यरेखा’को विवादका कारण अभिनय गरिनन्। 

उक्त फिल्ममा अभिनेता राजेश हमाल पनि अनुबन्धित थिए। तर, दुवै हटाइए। उक्त फिल्ममा निर्माता छविराज ओझाको पनि लगानी थियो। पछि त्यो फिल्ममा अभिनयका लागि चलचित्र संघका अध्यक्ष समेत भइसकेका रविन्द्र खड्का चयन भएका थिए। 

फिल्म उद्योगमा राजेश हमालको डेब्यु रहेको ‘युगदेखि युगसम्म’को जोडीमा अनुबन्धित भइन् कृष्टि। त्यसबेला उनी विवाहित भएर मैनाली थर जोडेर आएकी थिइन्। 

कृष्टि मैनाली नामले उनको परिचय फिल्म उद्योगमा स्थापित भयो। युगदेखि युगसम्मले व्यापक व्यापार र चर्चा पाएपछि राजेश हमाल र कृष्टिको जोडी विभिन्न फिल्ममा देखियो।

अपराध, अधिकारलगायतका फिल्ममा यो जोडी देखिन थाल्यो। फिल्म उद्योगमा उनको नाम कृष्टि मैनाली भए पनि वास्तविक नाम ‘मिना खत्री’ थियो। यसबारे फिल्म उद्योग र उनका कमै मात्र फ्यानलाई जानकारी रहेको छ।

हाल उनी नेपाली फिल्म क्षेत्रबाट पुरै अलग्गिएर पति उज्वल मैनाली र दुई छोरीहरूसँगै अमेरिकाको न्यूयोर्कमा बस्छिन्। 

बेलामौका सामाजिक सञ्जालमा अपडेट हुने कृष्टि अन्य प्ल्याटफर्ममा पनि त्यति सक्रिय रहेको पाइँदैन। उनले पछ्यौरी, आघात, लक्ष्मीपूजा, राँको, धर्म, अधिकार, दाजुभाई, धर्मलगायतमा हिट फिल्ममा अभिनय गरिन्।

झझल्को, राधाकृष्ण, सडक, कर्जा, अपराध, रक्षा, अर्पण, चोखो माया, संकल्प, गोपीकृष्ण, तृष्णा, कसम, सपना, अरुणिमा, परिवार, युगदेखि युगसम्म, लोभीपापी, चिनो, चिलहरी, सन्तान, के घर के डेरा, कान्छीलगायत उनका हिट फिल्म हुन्।

कृष्टिका समकालिन सहकर्मी मध्य अभिनेत्री करिश्मा मानन्धर, बिना बुढाथोकी, मौसमी मल्ल, सृजना बस्नेतलगायत छन्। 

नेपाली फिल्म क्षेत्रमा यसरी हिट फिल्म दिएर बिलाउने मध्यकी एक प्रखर अभिनेत्री कृष्टि हुन्। यीबाहेक कतिपय अभिनेत्री पनि अहिले उद्योगबाट पलायन भएका थिए। ति मध्यमा सारङ्गा श्रेष्ठ, जल शाह, पूजा चन्दलगायत पर्छन्। 

तर, पछिल्लो पटक तेलभिसा भन्ने फिल्म मार्फत पूजा चन्द र ऋचा घिमिरे फिल्ममा फर्किए पनि कृष्टि यसबीचमा मिडियामा समेत देखा परेकी छैनन्। नेपाल फर्किएका बेला जल शाह, मेलिना मानन्धरलगायत मिडियामा देखिने गर्छन् तर कृष्टिमा भने त्यस्तो रुची नरहेको पाइन्छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार