Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेता कार्यकर्तासित सडक मार्गबाटै काठमाडौँ फर्किदैँ रवि, ढिलो भए अदालत आइतबार

शुक्रबार, पुस २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।

हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।

पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशलगत्तै धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्