सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर रिहा भइन् लीला पछाईं
काठमाडौं-सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् ।
जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो । कास्कीका डीएसपी वसन्तराज शर्माका अनुसार शुक्रबार धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
बिहीबार धरौटी रकम नबुझाएपछि उनी हिरासतमै थिइन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए । लामिछानेले ६५ लाख, छविलाल जोशीले ८८ लाख, मीना गुरुङले पाँच लाख, रामबहादुर खनालले १५ लाख, आरती गुरुङले पाँच लाख र कृष्णबहादुर गुरुङले एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १५:५३
प्रतिक्रिया दिनुहोस्