Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाका बोहोराले दिए रवि आइतबार काठमाडौँ अदालत जाने जानकारी, तर कैफियत छ कुरोमा

शुक्रबार, पुस २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने आइतबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् ।

रास्वपाका नेता दीपक बोहराका अनुसार पार्टी सभापति लामिछाने आइतबार बिहान मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’

लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाटै काठमाडौं आउन लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

८:३० मा नै अदालत जाने रविलाई उदृत गर्दै भने पनि अदालत त्यो समयमा खुल्दैन। यही कुरोमा कैफियत देखिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्