Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवलपुरको दुम्किबासमा पुल भाँचिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शुक्रबार, पुस २६, २०८१

नवलपुर - नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिए । 

उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिए पछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई बैकल्पिक बाटो खोज्ने काम भईरहेको जानकारी दिए । 

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्