Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार, पुस २६, २०८१

काठमाडौं -अहिले मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकको एजेण्डाबारे खुलाइएको छैन । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ ।

यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न कानुनमन्त्री अजय चौरासियासहित शीतल निवास पनि पुगेका थिए । प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै केही नेपाल ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेका छन् । राष्ट्रपतिसँग पनि यसै विषयमा छलफल भएको बुझिएको छ ।

‘पुरानो कानुनको कारण सर्वसाधारणले दुःख पाएका छन् । कतिपय कानुनले विकास निर्माणको काम गर्न अप्ठ्यारो पारेको र अल्झिने विषय पनि छन्,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यसैले केही प्रक्रिया फुकाउनको लागि अध्यादेशको तयारी भएको पनि हुन सक्छ ।’

तर दल विभाजनसम्बन्धी अध्यादेश नआउने दाबी प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । तर प्रधानमन्त्री दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपासहितका दलले भेटघाट र छलफललाई तीब्रता दिएका छन् । बिहीबार पनि माओवादी र समाजवादीबीच छलफल भएको थियो ।

 

   

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार