ज्योती मगरले डाइलग हानेको गीत, जुन चर्चित भएर पार्टी नै दियो
काठमाडौ - चर्चित गीत ‘म त ढलेँ ढलेँ’ ले को ‘सक्सेस सेलिब्रेसन’ माथि गायिका ज्योति मगरले कटाक्ष गरेकी छिन्। गायिका मगरले लोक तथा दोहोरी गीत प्रतिष्ठान र त्यसको नेतृत्वमाथि नै कटाक्ष गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छिन्, “ ‘काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो’ बोलको गीतलाई सत्कृत भड्काउने छाडा गीत भन्दै उफ्रने दोहोरी गीत प्रतिष्ठान ‘मलाई पल्ला घरे साइलाले...म त ढले ढले’ गीतको सक्सेस पाटीमा केक काट्नुलाई तपाईं के भन्नु हुन्छ? आज के साम, सो कल्ड आदर्शवादी के नाम’ एक एक कमेन्ट प्लिज...”
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ २०:४१
प्रतिक्रिया दिनुहोस्