Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमलादीको स्काईवाक टावर शेयर खुलाउने तयारीमा, प्रालिबाट लिमिटेडमा जाने निर्णय

शनिबार, पुस २७, २०८१

काठमाडौं– वोन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको स्काईवाक टावरको शेयर बिक्रि हुने भएको छ। सातौं बार्षिक साधारणसभाबाट प्रालिबाट कम्पनी लिमिटेडमा जाने निर्णयसँगै सर्वसाधारणका लागि शेयर विक्रि खुलाइने पनि भएको हो।

कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । 

यसका निम्ति धितोपत्र बोर्डमा गर्नुपर्ने प्रक्रिया पनि अगाडि बढाइने भएको छ।

स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे। साधारणसभाले कम्पनीको आयव्यव पास गरेको जनाएको छ तर वित्तीय विवरण सार्वजनिक गरिएको छैन। 

धरहरा सञ्चालनपछि स्काईवाक टावरमा मानिसहरु चढ्न छोडेको र व्यापार हुन नसकेपछि शेयर बेच्ने निर्णयमा कम्पनी पुगेको विश्लेषण व्यवसायिक जगतमा हुन थालेको छ। 

प्रतिव्यक्ति एक हजार शुल्क तिर्नु पर्ने स्काईवाक टावरमा हाल मानिसहरू चड्न छाडेका छन्। टिकट मूल्य बढी भयो भन्ने गुनासो उपभोक्ताबाट आएको छ। अहिलेको मूल्य नै एशियाको सबैभन्दा सस्तो हो। 
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्