नेभिगेशन
सुरक्षा–अपराध

युके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भएका काठमाडौँ कागेश्वरी मनोहरामा बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । उक्त पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार कागेश्वरी मनोहराबाटै पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ