Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघीय संसदको अधिवेशन चाँडै आह्वान हुने

शनिबार, पुस २७, २०८१

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदको अधिवेशन चाँडै आह्वान हुने बताएका छन् ।

३०३औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संघीयको संसदको अधिवेशन बस्ने समय भइसकेको भन्दै चाँडै अधिवेशन आह्वान हुने विश्वास व्यक्त गरे ।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइनसकेकाले जानकारी नभएको उनले बताए । त्यस्तै उनले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्