Nic Ad Nic Ad
Nic Ad Nic Ad

बसन्तमा प्रकाश सपूतले देखाएका छन् बाग्लुङगे परिवेश!

शनिबार, पुस २७, २०८१

काठमाडौं - गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ ।

आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ ।

मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन् । जसले दर्शकको मन जित्ने देखिन्छ ।

गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् ।

गीतमा शब्द रचना र संगीत पनि प्रकाशकै छ । गीतको भिडियोमा सिनेमाको निर्माणपक्षले धक खालेर खर्च गरेको छ । ठूलो संख्यामा कोरस नचाइएको छ । कुशल कोरसको प्रस्तुतिले भिडियो राम्रो बनेको छ । रोधी गाएको दृश्यले भिडियो उत्कृष्ट देखिन्छ ।

गीतको भिडियोमा सिनेमाका केही संवाद समावेश गरिएको जस्तो लाग्छ । संवादले भिडियो रमाइलो बनेको छ । गीतमा सिनेमाका मुख्य दुई पात्र प्रकाश र स्वस्तिमाको प्रेम देखाइएको छ ।

उनीहरुबीच रहेको खुला प्रेम संवादले भिडियोलाई रमाइलो बनाएको छ ।

‘वसन्त’ निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् । प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी-२’ सुपरहिट भएको थियो ।

हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । यो सिनेमाबाट उनले निर्देशनमा पनि हात हालेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्