Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्जिनियरविरुद्ध झण्डै पाँच करोड भ्रष्टाचारको मुद्दा दायर

आइतबार, पुस २८, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै पाँच करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले आज (आइतबार) उनीविरुद्ध चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

३० असार २०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार २०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो । उनीसँग कुल १६ करोड १३ लाख ०५ हजार पाँच सय २८ रुपैयाँ बराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ । ्आयोगले सम्पत्ति जफतका लागि उनकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्