संसद् अधिवेशन आह्वान नभएकोप्रति माओवादीको आपत्ति
काठमाडौँ- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न गरेका हुन् । ‘के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जन साधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन,’ सापकोटाले प्रश्न छ ।
आफू सभामुख हुँदा मंसिर २८ गतेसम्म अधिवेशन आह्वान भएको भए पनि अहिले किन ढिलो भएको भन्ने उनको प्रश्न थियो ।
संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको उनको भनाइ थियो ।
‘त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभामुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन,’ उनले भने ।