Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेशलाई ८ विकेटले हराएसँगै त्रिभुवन आर्मी फाइनल नजिक, मधेस बाहिरियो

आइतबार, पुस २८, २०८१

काठमाडौँ- जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई ८ विकेटले हराएको छ । मधेस प्रदेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा भेट्टाएको हो ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । मधेस प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा पर्‍यो । १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा पनि १५० रन मात्रै जोड्न सक्यो ।

जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई सस्तोमा गुमाएको थियो । ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाए ।

यो जितसँगै त्रिभुवन आर्मी क्लब फाइनल नजिक पुगेको छ भने मधेस बाहिरिएको छ ।

त्रिभुवन आर्मीको जितमा स्पिनर साहब आलम र अलराउन्डर बसिर अहमदले महत्त्वपूर्ण भूमिका निभाए । सहाबले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ३ विकेटसहित कुल ९ विकेट लिए ।

बसिरले त्रिभुवन आर्मीको पहिलो इनिङमा ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । दोस्रोमा उनी ४ रनमा नटआउट रहे । उनले विजयी चौका प्रहार गरेका थिए । बसिरले मधेशको पहिलो इनिङमा १ विकेट र दोस्रोमा ४ विकेट लिए । मधेशको दोस्रो इनिङमा ओपनर मयन यादवबाहेक अन्य ब्याटर चल्न सकेनन् । यादवले ४९ रन बनाएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्