Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस जारी

आइतबार, पुस २८, २०८१

काठमाडौं- सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

आज (आइतबार) आफै अदालत उपस्थित भएका उनको बयान झण्डै २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजेदेखि सुरु भएको लामिछानेको बयान साढे २ सम्म चलेको थियो । अदालतमा अहिले थुनछेक बहस जारी छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पुस २५ गते धेरौटीमा रिहा गरेको थिो । शुक्रबार साँझ काठमाडौं आएका उनी आइतबार बिहान आफैं अदालत उपस्थित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्