Nic Ad Nic Ad
Nic Ad Nic Ad

लामिछानेको थुनछेक बहस जारी, न्यायाधीश अधिकारीले प्रसाईंलाई ५ दिन थुन्ने अनुमति दिएका थिए

आइतबार, पुस २८, २०८१

काठमाडौं– बयान सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मिसिल अध्ययन गरेका छन्। अब स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको थुनछेक बहस आरम्भ हुने बताइएको छ।

रास्वपा सभापति रवि लामिछानेले बयान दिइसकेका छन्। उनका तर्फबाट बहसमा सहभागी हुन २० जना वकिलले वकालतनामा लेखाएका छन्। पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र सुशील पन्त पनि बहसमा उत्रिने तय भएको छ।

न्यायाधीश अधिकारीको इजलासमा हुने बहस लम्बिन सक्ने बताइएको छ। आइतबार नै बहस नसकिए लामिछाने हिरासतमा बस्नुपर्ने हुन्छ।

यी न्यायाधीश उनै हुन् जसले विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि ५ दिन थुन्ने अनुमति दिएका थिए। 
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्