Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाचार प्रभाव : कीर्तिपुर क्रिकेट रंगशालाको फ्लड लाइट जडानको टेन्डर सच्याउने, तर नियतप्रति अझै प्रश्न

आइतबार, पुस २८, २०८१

काठमाडौं- संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको टेण्डर प्रक्रियालाई सच्याउने निर्णय गरेको छ ।

क्यानडा नेपाल डटकममा कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको टेण्डरमा बदनियतको शंका शिर्षकमा समाचार प्रकाशन भएपछि मन्त्रालयले रंगशालामा फ्लड लाइट जडानको टेण्डर प्रक्रियालाई सच्याउने निर्णय गरेको हो । 

613eede8-55ff-4060-8317-b4c82252a448-1736683835.jpg
 

क्यानडा नेपालको समाचार सामाग्री पश्चात सचिवालयले आफनो टेन्डर सच्याउने निर्णय गरेको हो । तर यो निर्णय झुक्याउने नियत मात्र भएको बताइएको छ । फ्लड लाइट जडान जहाँसुकै बने पनि युके सरकारले मान्यता नदिएसम्म अरु देशका सरकारले दिएको नहुने भनिएको छ ।

196bc9b1-6563-4002-991a-ac039bbe3122-1736683882.jpg
उदाहरणका लागि यो सामान नेपालमै बनेको भए पनि युके सरकाले नै वैधता दिनुपर्छ भनिएको छ । यसमा जुन देशमा बन्छ त्यहि देशको सरकारले प्रमाणित गरेकोलाई नै मान्यता दिनुपर्ने माग छ तर सचिवालयको यो निर्णयलाई लिएर धेरैले प्रश्न उठाएका छन्।  यो निर्णय झुक्याउने नियत मात्र हो र यसले थप भ्रष्टाचारलाई प्रोत्साहन दिने बताइएको छ ।

यसअघि, टेन्डरका लागि कतिपय अनावश्यक र अव्यावहारिक मापदण्ड राखिएको पाइएको थियो। उदाहरणका लागि, नेपालमा सबैभन्दा चिसो तापक्रम माइनस ३ डिग्री पुगेको समयमा पनि टेन्डरमा माइनस ४० डिग्रीको काम गर्न सक्ने मापदण्ड राखिएको छ। विज्ञहरूले यसलाई नक्कली मापदण्ड भन्दै, विशेष समूहलाई फाइदा पुर्‍याउने उद्देश्यले बनाइएको ठहर गरेका छन् ।

यो पनि पढ्नुहोस् 

कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको टेण्डरमा बदनियतको शंका: प्रम ओलीको सपनामा तुषारापात 

एक विश्लेषकले भने, नेपालमै भएका कामहरूलाई पनि विदेशी मान्यताको आवश्यकता पर्ने नियमले हाम्रो प्रणालीलाई कमजोर बनाएको छ। यस्ता नियमले भ्रष्टाचारलाई मलजल गरिरहेको छ।

7e8dbde3-6b41-4e26-b2ef-016860238ca0-1736683860.jpg
 

काठमाडौंमा यो वर्षको सबैभन्दा चिसो ५ डिग्री पुगेको छ ।  तर, टेन्डरमा माइनस ४० डिग्री तापक्रमलाई आधार मानेर कामको विवरण तयार पारिएको छ। यो निर्णयले सरकारको वास्तविक उद्देश्यप्रति गम्भीर शंका उत्पन्न गराएको छ।

यस विषयमा धेरैले टेन्डर प्रक्रियामा भ्रष्टाचार र चलखेल भएको दाबी गरेका छन्। कम्तीमा पनि २० करोड रुपैयाँको घुसको लेनदेन भएको हुनसक्छ भन्ने आरोप लगाएका छन्।




 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार