विवादित ठेकेदार मनोज भेटवालले बनाउँदै गरेको पुरानो बसपार्कको भ्यू टावरको नक्सा रोकियो
काठमाडौं- विवादित ठेकेदार मनोज भेटवालले बनाउँदै गरेको पुरानो बसपार्कको भ्यू टावरको नक्सा रोकिएको छ ।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको काठमाडौं भ्युटावर भवनको नक्सा पास प्रक्रिया हालका लागि निष्क्रिय बनाएको छ।
महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रा.लि. बीच २०७१ सालमा सम्झौता भएको उक्त भ्युटावरको निर्माणसम्बन्धी छानबिन भइरहेकोले यो निर्णय गरिएको हो।
मनोज भेटवाल ठगीलगायत विभिन्न अभियोगमा पटक पटक प्रहरीले पक्राउ गरेका ठेकेदार हुन्। खुलामञ्च कब्जा गरेर सटर चलाउने भेटवालको त्यो कर्म महानगरले चकनाचुर पारेको थियो।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ १९:०७
प्रतिक्रिया दिनुहोस्