Nic Ad Nic Ad
Nic Ad Nic Ad

रियल म्याड्रिडलाई हराउदै बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

सोमबार, पुस २९, २०८१

काठमाडौँ - बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनलमा रियल म्याड्रिडमाथि शानदार ५-२ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

बार्सिलोनाले एल क्लासिको जित्नेक्रममा राफिन्हाले २ गोल गरेका थिए भने लामीन यमल, रोबेर्ट लेवानडोस्की, अलेजान्द्रो बाल्डले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । 

यस खेलमा बार्सिलोनाका गोलकिपर वोजेक स्जोजेन्सीले खेलको ५६औं मिनेटमा रातो कार्ड पायेपचि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योसहित बार्सिलोनाले सबैभन्दा बढी १५ पटक स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । त्यस्तै रियल म्याड्रिडले भने १३ पटक यो उपाधि जितेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्