नेभिगेशन
राजनीति

‘७८ को विज्ञप्ति बुलिङ’ भएपछि रिसाएको कांग्रेसले के भन्यो?

काठमाडौं– सरकारले अध्यादेश जारी गरेको सन्दर्भमा कांग्रेसले बिरोध गरेको ०७८ को विज्ञप्ति सामाजिक सञ्जालमा बुलिङ गरिएपछि अर्को चेतावनीयुक्त विज्ञप्ति सोमबार जारी गरिएको छ।

उसले पुरानो विज्ञप्तिलाई नक्कली भनेको छ।

गठबन्धन सरकारबारे जनतालाई भ्रम छर्ने कुत्सीत उद्देश्यले सभापतिको नाम राखेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएको छ।

विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ।

यस्तो छ सोमबार प्रकाशित विज्ञप्ति

congress-1736745531.png
कांग्रेस–एमाले गठबन्धन सरकारले हालै मात्र अध्यादेशमार्फत विभिन्न कानुन बनाएको थियो। प्रतिनिधि सभा नचलेको अवस्थामा कांग्रेस र एमालेको सहमतिका आधारमा विभिन्न ७ कानुनबारे निर्णय गरी अध्यादेश जारी गरेको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि कानुन कार्यान्वयनमा जानेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्ने मन्त्रिपरिषदको बैठकअघि शितल निवासमा पुगी राष्ट्रपति पौडेललाई भेटेका थिए। 

०७८ को विज्ञप्ति पनि फेकचाहिँ होइन। ओली नै प्रधानमन्त्री रहेका बेला अध्यादेश जारी भएपछि कांग्रेसले औपचारिक रुपमा बिरोध गरेको थियो। त्यसबेला कांग्रेस प्रतिपक्षमा रहेको थियो। 

त्यसबेला जारी गरिएको विज्ञप्ति यस्तो थियो।

181119438_2047869048698976_1857044583420200948_n-1736745559.jpg
यसैबीच अध्यादेश जारी गरिएकोप्रति प्रतिपक्षी दलले बिरोध त गरेकै छन् स्वयम् कांग्रेस नेता एनपी साउदले पनि यसको निन्दा गरेका थिए। साउदले निन्दा गरेपछि कांग्रेसको संस्थापन पक्षबाट साउद किनारातिर लागेको या समूह परिवर्तन गरेको भन्ने पनि चर्चा चलेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति