Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेविसंघको विधान मस्यौदा समितिले बुझायो संशोधित विधान

सोमबार, पुस २९, २०८१

काठमाडौँ- नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ ।

विधान संशोधन एवम् परिमार्जन गर्नका लागि ७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो ।

संशोधित विधानमा केन्द्रीय समितिको संख्या १३५ जनाको बनाइएको छ । २९ जना पदाधिकारी हुने व्यवस्था विधानमा राखिएको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन हुनेछ ।

संघीय संरचना र समावेशिताका अनुसरण गरेको विधान मस्यौदा संशोधित विधान आइतबार बुझाएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए । संघले बनाएको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागु हुनेछ ।

विधान संशोधन र परिमार्जनका लागि आचार्यको नेतृत्वमा बनेको कार्यदलमा केन्द्रीय सदस्यहरू वेक लिम्बू, राजेश कुमार श्रेष्ठ, शुनिल शाही र मञ्जु विश्वकर्मा सदस्य थिए ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्