Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी वकिलको जिकिरअनुसार अदालतले रविलाई थुनामा पठाउला? अब के–के बाँकी छ

सोमबार, पुस २९, २०८१

काठमाडौं– स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेलगायतमाथि जिल्ला अदालत काठमाडौंमा सोमबार पनि थुनछेक बहस जारी छ।

खाजा खाने समयसम्ममा आधा दर्जन सरकारी वकिलले बहस गरेका थिए। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशमा जारी बहसमा सरकारी वकिलहरूले पोखरा जिल्ला अदालतको नजीरका आधारमा नभई काठमाडौंको मुद्दाको गहनतालाई मानक बनाएर रविलाई पूर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकीर गरेका छन्।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाल लगायतले बहस गरिसकेका छन्।

सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले वकिलहरूले बहस गर्न बाँकी छ। बहस गरेका वकिलहरुले एकमतले थुनामा पठाउनका लागि पैरवी गरेका छन्।

सहकारी पीडितको ठाउँबाट हेरेर पनि गाम्भिर्यतालाई नजर राखी रविलाई थुनामा नपठाए प्रमाण नष्ट हुन सक्ने तर्क गरिएको छ। 

अब सहकारी पीडितका वकिलले बहस गरेपछि रविका पक्षबाट पूर्वमहान्यायाधीवक्ता रहीसकेका रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। मुद्दाको बहस सकी आजै आदेश दिनेगरी अगाडि बढाइएको छ। यदि सोमबार बहस नसकिएको खण्डमा बुधबार मात्र आदेश आउँदा रवि फेरि दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्