बालेनको नयाँ काम : सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता विकास तालिम, शैक्षिक गुणस्तर सुधारको पहल
काठमाडौं- काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र निजी विद्यालयका ७२० शिक्षकलाई लक्षित गर्दै विशेष ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत क्षमता विकास तालिम सञ्चालन गर्ने भएको छ।
माघ ३ देखि ८ गतेसम्म सञ्चालन हुने तालिममा शिक्षकहरूको ज्ञान र सीपलाई अद्यावधिक गर्दै विद्यार्थीको शैक्षिक नतिजा सुधार गर्ने लक्ष्य लिइएको छ।
महानगरपालिकाकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै शिक्षक र विद्यार्थीको समग्र विकासमा जोड दिएका छन्।
महानगरपालिकाले जारी गरेको विवरण अनुसार, तालिमका प्राथमिकतामा सामुदायिक विद्यालयका शिक्षक, महानगरभित्रका स्थानीय नागरिक शिक्षक, र संस्थागत (निजी) विद्यालयका शिक्षकहरू समावेश छन्।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्