Nic Ad Nic Ad
Nic Ad Nic Ad

लस एन्जलस आगलागीमा परी २४ को मृत्यु, २३ जना बेपत्ता

मंगलबार, माघ १, २०८१

काठमाडौं - अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । आगो अझै पलिसेडेस, ईटन र हस्र्ट क्षेत्रमा फैलिरहेको बीबीसीले जनाएको छ ।

हालसम्म लस एन्जलसमा लागेको आगलागीमा परी हालसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो मात्रै नियन्त्रणमा आउन सकेको छ ।

आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्