Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले केन्द्रीय सदस्य किशोर मल्ल पक्राउ, यस्तो छ अभियोग

मंगलबार, माघ १, २०८१

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका केन्द्रीय सदस्य किशोर मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

मल्ललाई बैंकिङ कसुर अन्तर्गत पर्ने मुद्दाका आधारमा पक्राउ गरिएको हो। उनलाई एमालेका युवा संघका नै अर्का व्यक्तिले चेक अनादर गरेको अभियोग लगाएका थिए।

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो। 

चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ। त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ।

मल्ल विद्यार्थी राजनीतिबाट मूलधारमा आएका हुन्। उनी अनेरास्ववियुका अध्यक्ष समेत भइसकेका थिए।
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्