एसईई तयारीमा रहेकी छात्रालाई यौन दुराचार गरेपछि ललितपुरस्थित स्कुल सञ्चालक पक्राउ
काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा निजी विद्यालय सञ्चालन गरिरहेका जगतनाथ श्रेष्ठलाई प्रहरी वृत्त सातदोबाटोले यौन दुराचारको अभियोगमा पक्राउ गरेको छ।
फ्युचर स्टार्स एकेडेमीका संस्थापक अध्यक्ष तथा सञ्चालक जगतनाथ श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
पुस २१ गते सोहि स्कुलमा अध्ययनरत १५ वर्षीय एक बालिकालाई यौन दुव्र्यबहार गरेको भन्दै परेको जाहेरीका आधारमा पक्राउ गरी अदालतबाट म्याद थपिएको छ।
पिडितका आफन्तका अनुसार एसईईको तयारीमा रहेकी बालिका होस्टेलमा बसेर अध्ययन गर्दै आएकी थिइन्।
सञ्चालक श्रेष्ठले विभिन्न समयमा बालिकालाइ छुट्टै कोठामा बोलाउने अनैतिक यौंन क्रियाकलाप गर्न लगाउने गरेको बालिकाले बताएको जानकारी दिए।
जाहेरिपछि मिलापत्रमा आउन पीडित परिवारलाई ललितपुर एमालेका नेता, ललितपुर प्याप्सनका केही मान्छेदेखि अन्य विद्यालयका संचालक समेत लागि परेका छन्।