Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँमा माघीको रौनक

मंगलबार, माघ १, २०८१

काठमाडौँ- थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् ।

काठमाडौँमा पनि माघीको रौनक देखिएको छ । काठमाडौँको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो ।

थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिनरपरिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहेका छन् । काठमाडौंमा थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्