Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेशमा आज माघीको सार्बजनिक बिदा

बुधबार, माघ २, २०८१

बुटवल - लुम्बिनी प्रदेश सरकारले आज माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्ती तथा माघी पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो ।

यस वर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै आज २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्