Nic Ad Nic Ad
Nic Ad Nic Ad

१२ हजार बढी भीडमाझ ‘बलिदान’को प्रि-क्लाइमेक्स छायांकन

बुधबार, माघ २, २०८१

काठमाडौं - १२ हजारभन्दा धेरैको भीडसहित मंगलबार प्रतीक्षित एक्सन फिल्म ‘बलिदान’को प्रि-क्लाइमेक्स दृश्यको छायांकन गरिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सिमसार कालीचौरमा हजारौंको भीड जम्मा भयो ।

फिल्मको एक महत्वपूर्ण दृश्यको लागि १२ हजारको भीड जम्मा भएको निर्देशक सन्तोष सेनले बताए । कथा सन्दर्भ थियो– काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त गरेर नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मूर्तिको उद्घाटन ।

थेगिनसक्नु भीडलाई व्यवस्थित गर्न विराटनगरबाट डीएसपी वेदबहादुर जोशी नेतृत्वमा प्रहरी खटिएको थियो । प्रहरीलाई नगरप्रहरी र स्थानीय क्लबका स्वयमसेवकले पनि सघाए । बिहानदेखि सुरु भएको छायांकन बेलुका अबेरसम्म चलिरह्यो ।

‘किनेर पनि नपाइने दृश्य छायांकन गरियो’ निर्देशक सेनले भने, ‘हसिना सिमसारको बुढासुब्बा फुटबल मैदान थेगिनसक्नु देखियो ।’ कलाकार प्रेम पुरीले पनि हजारौंको भीडसँगै फिल्म छायांकन गरिएको बताए ।

सो छायांकनमा कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, प्रेम पुरी, कामेश्वर चौरासिया लगायत सहभागि थिए । छायांकन सकिने ३ प्रतिशत बाँकी सुटिङ छ । विहिबार एक दृश्यको सुटिङका लागि दक्षिण भारतीय एक्सन कलाकारको टोली त्यहाँ पुग्दैछ ।

समीर भट्टसँग डेढसय भिलेनको फाइटको दृश्य सुटिङ हुने निर्देशक सेनले बताए । 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार