माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
पदाधिकारी बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले कार्यविभाजन टुंग्याएपश्चात नेताहरूको जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने माओवादी केन्द्रको तयारी छ । बैठकले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका नेताहरूको कार्यविभाजन तोक्ने छ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १०:०३
प्रतिक्रिया दिनुहोस्