आज पनि हुनेछ लामो बहस, भद्रकाली हिरासतबाट रविलाई अदालत लगियो
काठमाडौं– कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस बुधबार पनि सुरु भएको छ।
यस प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको छ।
हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए।
जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि सोमबार उनलाई न्यायीक हिरासतमा लगिएको थियो।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ ११:०१
प्रतिक्रिया दिनुहोस्