Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमजोर विपक्षी दलहरूको बाक्लो बैठक सिंहदरबारमा

बुधबार, माघ २, २०८१

काठमाडौं– प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने विषयलाई केन्द्रमा राखेर कमजोर रहेका विपक्षी दलहरुको बाक्लो बैठक बुधबार बिहान सिंहदरबारमा बसेको छ।

विपक्षी दलहरुको मोर्चाबन्दी कस्ने प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखे पनि त्यसमा सहमति भएन तर विशेष अधिवेशनका निम्ति भने सबै सकारात्मक भएका छन्।

सरकारले सदनको हिउँदे अधिवेशन नराखे विशेष अधिवेशनको माग लिखित रुपमा गरिने विपक्षी दलको महासभा जस्तो बैठकले निधो गरेको सहभागी एक नेताले बताए। 

बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्