Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार मध्यावधिमा जाने प्रचण्डको आशङ्का, देशमा उथुलपुथुल हुने विषयले माधवको मनमा डङ्का

बुधबार, माघ २, २०८१

काठमाडौं– विहीबार फेरि बस्नेगरी सिंहदरबारमा सकिएको प्रतिपक्षी दलहरूको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मध्यावधि चुनावको तयारीमा रहेको आशंका व्यक्त गरेका छन्।

बैठकका क्रममा बुधबार प्रचण्डले भने,‘अहिले अध्यादेश ल्याउनुको औचित्य थिएन। यसबेला सदनको हिउँदे अधिवेशन बोलाउनुपर्ने हो। तर, अध्यादेशबाट शासन गर्न खोज्नु भनेको सरकार मध्यावधि चुनावमा जाने तयारीमा छ।’

सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा मन नपर्ने भएकाले अधिवेशन नबोलाइएको जिकिर गरेका प्रचण्डले भने,‘उहाँ यसलाई पनि पेन्डुलम बनाएर मध्यावधि चुनावमा जाने तयारीमा हुनुहुन्छ।’

संविधन संशोधन ०८७ मात्र हुन्छ भनेर दिएको अभिव्यक्तितिर लक्षित गरी प्रचण्डले भने,‘अहिले सदन बोलाउन दबाब दिऔं। त्यसले पनि भएन भने विशेष अधिवेशन माग गरौं।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सबै विपक्षी दल एक भएर हुन सक्ने राजनीतिक उथुलपुथलको सामनाका लागि तयार रहनुपर्ने बताए। 

उनले भने,‘देशमा वैचारिक र सैद्धान्तिक भन्दा पनि अर्कै शक्तिले उथुलपुथल गर्न खोजिरहेका छन्। कोही हिन्दूका नाममा कोही राजाका नाममा यसरी अगाडि आएका छन्। अहिले हामी एक ढिक्का भएर सामनाका लागि तयार रहनुपर्छ।’

बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आम जनता पार्टीलगायतका नेताको सहभागीता रहेको थियो।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार