Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीमा एसपीमा बढुवा र सरुवाको गृहकार्य

बुधबार, माघ २, २०८१

काठमाडौं– प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवापछि प्रधान कार्यालयले अब नायव उपरिक्षक (डीएसपी)बाट उपरिक्षक (एसपी) बढुवा र सरुवाको तयारी गरेको छ। 

३७ रिक्त एसपी पदका निम्ति ६० जना डीएसपी प्रतिस्पर्धामा रहेका छन्। एसपी बढुवासँगै सरुवाको पनि तयारी भएको प्रहरी उच्च स्रोतले जनाएको छ। 

एसएसपी बढुवापछि चार जिल्ला तत्कालै एसपीबिहीन हुनेछन्।

बारा प्रहरी प्रमुख महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज कोइराला र इलामका प्रभु ढकाल एसएसपीमा बढुवा सिफारिस भएसँगै ती जिल्लामा नयाँ एसपी पठाउन प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ।

एसपीहरुको समेत समयावधि पुगिसकेको हुनाले प्रधान कार्यालय सरुवाको तयारीमा जुटेको हो। करिब दुई दर्जन जिल्लाका प्रहरी प्रमुख हेरफेरको तयारी छ।

पर्सा, रुपन्देही, बाके, गोरखा, काभ्रे, कंचनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेतलगायत जिल्लाका एसपीहरुको १ बर्ष समयावधि पुगिसकेको छ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार