Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वर्णलक्ष्मी सहकारी रकम अपचलनः रविका वकिलको दलीलपछि बहस सकियो, आदेश बाँकी

बुधबार, माघ २, २०८१

काठमाडौं– कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रहेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेको पक्ष विपक्षको बहस सकिएको छ।

आइतबार अदालतमा हाजिर भएका उनको तर्फबाट पूर्वमहान्यायाधीवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस सकेका छन्। अब सरकारी वकिलको जवाफपछि बहस सकिन्छ। 

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले बहसपछि आदेश जारी गर्नेछ। आदेश लेखनका लागि केही समय लाग्नेछ। 

रविका वकिलले थुनामा राख्नुको कुनै औचित्य नहुने बरु अन्याय हुने दाबी गरेका थिए। साधारण तारेख पनि रविका लागि अन्याय हुने भएकाले थुनामुक्त गर्नका लागि दलील पेश गरेका थिए। 

सरकारी वकिल र जाहेरवालातर्फका कानुन व्यावसायीले भने रविले प्रमाण नष्ट गर्न सक्ने भएका कारण उनलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा जिल्ला अदालत कास्कीबाट रविलगायत धरौटीमा रिहा भएका थिए।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्