समाजवादी मोर्चाको बैठक सुरु
काठमाडौँ- समाजवादी मोर्चाको बैठक सुरु भएको छ । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनस् सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेसपा) र ‘विप्लव’ नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।
समाजवादी मोर्चाको बैठकअघि बिहान सिंहदरवारमा प्रतिपक्षी दलका नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा मोर्चामा सहभागी माओवादी र एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १५:२९
प्रतिक्रिया दिनुहोस्