Nic Ad Nic Ad
Nic Ad Nic Ad

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने पार्टी सदस्य भए कारबाही हुन्छ : रास्वपा

बुधबार, माघ २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारबाही गरिने बताएका छन् ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उक्त विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ।  

उनले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्