धरौटीमा रिहा भएपछि रवि लामिछानेले भने- यो देशमा न्याय मरेको छैन
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदालतप्रति सम्मान व्यक्त गरेका हुन् ।
रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’
सहकारीको रकम अपचलन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानेको थुनछेक बहस आज सकिएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ २०:२३
प्रतिक्रिया दिनुहोस्