पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढ्यो, लिटरको कति ?
काठमाडौं - नेपाल आयल निगम लिमिटेडले बुधबार रातीबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ ।
मूल्य बढेपछि काठमाडौं उपत्यका मा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ २०:३०
प्रतिक्रिया दिनुहोस्