Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथामा हेलिकप्टर उड्न नदिए जहाज पनि नउडाउने चेतावनी

बुधबार, माघ २, २०८१

काठमाडौँ - सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान गर्न नदिएको भन्दै वायुसेवा कम्पनीहरूले हवाईजहाज उडान पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन् ।

सगरमाथा क्षेत्रका स्थानीय तहले १ जनवरी २०२५ देखि व्यावसायिक हेलिकप्टर उडान रोकेपछि हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू उडान सुरक्षा प्रत्याभूति नभएसम्म आफैँ पनि २१ पुसदेखि उडान नगर्ने घोषणा गरेका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले २२ पुसमा हेलिकप्टर उडानमा बाधा अवरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने भनेको थियो । तर, विभिन्न हेलिप्याडमा अवरोध कायम हुँदा उडान सुचारु हुन सकेको थिएन ।

फेरि २५ पुसमा खुम्बु पासाङल्हामु गाउँपालिकाले उडान गर्न नदिने निर्णय गरेपछि यो विषय थप पेचिलो बन्दै आएको छ ।

सर्वपक्षीय छलफल, संवाद र समन्वयबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको भन्दै वायुसेवा सञ्चालक संघले ९ माघभित्र समस्या समाधान नभए सोलुखुम्बु जिल्लाभित्र हवाईजहाज उडान पूर्णरूपमा स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको हो।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्