Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै

बिहीबार, माघ ३, २०८१

काठमाडौं -नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका तर्फबाट मन्त्री रहेकाहरूले अहिलेसम्म भएका कार्यप्रगतिबारे ब्रिफिङ गर्ने छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्री उपस्थित हुनेछन् भने सो दलको कार्यसमितिमा रहेका सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्