Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तोलामा १२ सयले बढ्यो

बिहीबार, माघ ३, २०८१

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 बुधबार (हिजो)  सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० मा किनबेच भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्